
राजसंस्था पुनस्र्थापना जनआन्दोलनका नेताद्वय डा धवल शम्शेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा नबस्ने बताएका छन् । हिरासतबाटै लडाइ लड्ने उनीहरुको भनाई छ ।
‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा लिन म इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाडौं जिल्ला अदालत इजलासमा आइतबार भनेका छन ।
‘राज्यले ज्यान लिन्छ भने लिओस्, साथीको (रवीन्द्र मिश्र) साथ छाड्दिन, हिरासतमै बसेर लडाई लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले भने ।
राजसंस्था पूनस्र्थापना आन्दोलनका नेताहरु मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरुले इजलासमा अनुरोध पेश गरेका थिए । दुबैले सो सुविधा नलिने जानकारी गराई वकिलहरुले निवेदन फिर्ता लिएका थिए । क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परिक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने उनको परिवारले जनाएको छ।
मिश्र र राणाले इजलासमा भने, ‘आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्याँस हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन । सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई बरु दमन गर्यो, भीडलाई उत्तेजित बनाउने काम गर्यो।’
अदालतले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका सम्बन्धमा मिश्र र राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको छ । प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रव मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ। उनीहरुकै उक्सावटमा शुत्रबार तीनकुने तथा कोटेश्वर क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरी दाबी छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस