
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेकी छिन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू संग कुराकानी गर्दै उनले गत चैत१५ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको जिकिर गरेकी छिन l प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरबही गर्दा कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाउनु परेको पनि उनले बताइन् ।
‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ,’ सांसद गौतमले भनिन्, ‘अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरू फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ ।’
उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता फरक रहेको पनि बताएकी छिन । ‘प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको देखिन्छ । गोली लागेको कुरा छ । सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन,’ सांसद गौतमले भनिन्, ‘उहाँहरूले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ ।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस