
आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुने भएपछी मन्त्रीहरु छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ ।
शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लागि मन्त्रीहरुको बैठक बसेको हो ।
अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।
शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । यसले गर्दा भर्ना अभियानका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस