
सरकारी विद्यालयका सम्पूर्ण शिक्षक १४ दिनदेखि काठमाडौंमा छन् । प्रत्येक दिन आन्दोलनमा सहभागी भैरहेका छन् । ‘माइतघर टु बानेश्वर’ गरिरहेका छन् । ‘विद्यालय बन्दका बन्दै छन, शैक्षिक हड्ताल छ ।’ भर्ना अभियान रोकेर देशभरबाट शिक्षकहरू अझैं काठमाडौं आउने र जाने रोटेसन मिलाउनमा ब्यस्त रहेका छन ।
वैशाख १ गते देखी शैक्षिकसत्र २०८२ सुरु भयो । तर शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हड्तालको घोषणा गरेको छ । २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालय ठप्प छन् । सरकारी बिध्यालयहरु सार्बजनिक सुचनामार्फत बिध्यालय बन्दकाे सुचना गरिरहेका छन भने निजी बिध्यालयहरु धमाधाम भर्ना खुलेका सुचना सार्बजनिक गरिरहेका छन । सरकारी बिद्यालयले भने भर्ना अभियान बन्द भएकाे जनाएका छन । शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितीका कारण अर्को यस्तो स्थिति सिर्जना भएको हो ।
दुई सातादेखि चलेको आन्दोलनलाई सरकारले सम्बोधन नगर्दा स्थिति जटिल बनेको शिक्षकहरूको दाबी छ । ‘विद्यार्थी भर्ना गरेको छैन । १४ दिन भयो शिक्षकको माग सरकारले किन सम्बोधन नगरेको ? गरिबका छोराछोरी पढ्न नपाएकोमा हामी चिन्तित छौं,’ शिक्षकहरुको भनाई रहेको छ ।
निजी विद्यालयमा भने भर्ना प्रक्रिया चलिरहेको छ । ‘विद्यार्थी भर्ना सुरु भएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस