
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताउनु भएको छ।
बिहीबार बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए ।
जवाफम सभापति देउवाले गभर्नरको कुरा मिलिसकेको बताएका हुन । ‘यसमा कुरा मिलिसक्यो, मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेँ भनेर सभापतिले जानकारी दिनुभयो’, बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार सभापति देउवाले गभर्नरको अडानबाट एमाले पछाडि हटेको सन्देश दिएका थिए । ‘एमालेसँग कुरा मिलिसक्यो । गभर्नरको अडानबाट एमाले पछाडि हटिसक्यो भन्नुभएको छ,’ ती नेताले भने ।
उच्च स्रोतका अनुसार गत सोमबारको एमाले सचिवालय बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरमा अडान छोड्ने संकेत दिएका थिए । ‘कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न’ प्रधानमन्त्री ओलीले एमाले सचिवालय बैठकमा भनेका थिए। कांग्रेस र एमालेले अडान नछोड्दा गभर्नर नियुक्त हुन सकेको छैन ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस