
काठमाडौं । राप्रपा महामन्त्री धवलशमशेर राणालाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरिएको छ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका राणालाई जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालयले छाड्ने भएको हो ।
स्रोतका अनुसार क्यान्सर पीडित राणालाई भारतमा नियमित उपचार तथा फलोअप आवश्यक पर्ने भएकाले उनीलाई हाजिर जमानीमा छाड्न लागिएको हो । राणाको प्रारम्भिक बयान सकिएको छ र अब मुद्दा प्रक्रियागत रूपमा अघि बढाइनेछ । तत्कालका लागि उनलाई अदालतमा उपस्थिति जनाउने सर्तमा रिहा गर्न लागिएको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि राणा सोही दिन पक्राउ परेका थिए । क्यान्सर उपचारबाट वञ्चित गराउन खोजिएको भन्दै संयुक्त जनआन्दोलन समितिले शुक्रबार आपत्ति जनाएको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस