
पोखरा – पोखराको पुरानो विमानस्थलमा निर्माण गरिएको आपतकालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तानतरण गरिएको छ।
विश्व खाद्य कार्यक्रमले विपद्का बेला गण्डकी प्रदेशका जिल्लामा आपतकालीन अवस्थामा आवश्यक राहत पुर्याउन निर्माण गरेको आपतकालीन गोदाम घर गण्डकी सरकारलाई हस्तानतरण गरेको हो l।
शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गोदाम घर हस्तानतरण गरेका हुन l
हस्तानतरणसँगै ५ बुँदै सहमति पनि भएको छ। सहमतिपत्रमा गृहमन्त्री रमेश लेखक र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेका छन्।
गोदाम घरमा विद्यमान सहायता सामग्रीको विवरण प्रदेश विपद् व्यवस्थापन समितिको रोहबरमा प्रदेश सरकारले तोक्ने गोदाम प्रमुखलाई बुझाउने सहमतिमा उल्लेख गरिएको छ। हस्तान्तरण गरिएका सामग्रीको सुरक्षा, अभिलेख व्यवस्थापन र बीमासम्बन्धी काम प्रदेश सरकारले गर्नेछ। गोदाम घरका कर्मचारी र सुरक्षाकर्मीलाई विश्व खाद्य कार्यक्रमले आवश्यक तालिम र प्राविधिक सहयोग गर्ने जनाइएको छ।
गृहमन्त्री लेखकले विपद्का बेला सहायता सामग्री छिटोछरितो पुर्याउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। उनले विपद्बाट जोखिमपूर्ण अवस्थामा नेपाल रहेकाले तयारीका साथ रहनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण र उद्दार गर्ने बताए। गण्डकी बाढी पहिरोको जोखिमा रहेको उनले सुनाए। प्रदेश सरकारको गोदाम घरका सामग्री विमानस्थलकै गोदाम घरमा भण्डारण गरिने उनको भनाइ थियो।
गोदाम घरको गृहमन्त्री लेखकले गत असोज ९ गते भर्चुअल उद्घाटन गरेका थिए। गत चैत पहिलो सातादेखि निर्माणको सुरुआत गरिएको थियो। आपतकालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न यूरोपेली युनियनको सहयोगमा साहयतास्थल बनेको हो।
१६१ हजार अमेरिकी डलर लागतमा निर्माण भएको हो। ७०० मेट्रिक टन भण्डारण क्षमता रहेको छ। ४ वटा प्रिफ्याब भवन छन्।
पुरानो पोखरा विमानस्थलको दक्षिणपूर्वी भागको २ रोपनी क्षेत्रफलमा गोदामघर बनेको छ। यहाँ कन्टेनर भण्डारणस्थल र सभा कक्षसहितको ४ प्रिफ्याब कार्यालय छन्।
विश्व खाद्य कार्यक्रमले पोखरामा भन्दा पहिले काठमाडौँ, भैरहवा, धनगढी, वीरगञ्ज, बर्दीवासलगायत देशका ११ स्थानमा मानवीय सहायतास्थल बनाएको थियो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस