
बाजुरा—गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख सहित बाजुराका एक जना लागुऔषधसहित धनगढीमा पक्राउ परेका छन् । शुक्रवार दिउँसो धनगढी उपमहानगरपालिका १३ राजपुरबाट लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासी स्थायी घर भएका शाखा प्रमुख अन्दाजी २८ बर्षका अंकितकुमार निगम बानियाँ र बाजुराको त्रिवेणी नगरपालिका ८ का अन्दाजी बर्ष २५ का मेतेन्द्रे गिरीलाई ८ ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख बानियाँले चलाएको मोटरसाइकलमा पछाडि सवार गिरीले बोकेको झोलाभित्र लागुऔषध फेला परी बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहोराले जानकारी दिएका छन् । उनले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको समेत बताए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस