राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रीय एकता दिवस आज मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनिप्रति श्रद्धाशुमन अर्पण गरिन्छ ।
दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिहंदरबार पश्चिम ढोका अगाडिको पृथ्विनारायणं शाहको सालिकमा पुस्पहार अर्पण गरि सम्मान ब्यक्त गरिन्छ ।
पृथ्वीनारायण शाह (वि.सं. १७७९-१८३१) सामान्य राजामात्रै थिएनन्, नेपाल एकीकरणका महान नेता पनि थिए । इतिहासमा उनले राजाको मात्रै भूमिका खेलेका छैनन् कि राष्ट्रको निर्माण गरेका छन् । आजको नेपाल जुन स्थितिमा विद्यमान छ, यसको निर्माणमा निर्णयात्मक युद्ध पृथ्वीनारायण शाहले लडेका थिए । उनको मृत्युपछि पनि एकीकरणको लागि लडाइँहरु लडिए । ती एकीकरणका लागि गरिएका निरन्तरका पहलहरु थिए । विश्वमा धेरै राष्ट्रहरु छन् । ती राष्ट्रहरुको विस्तार वा निर्माण गर्ने नेताहरुलाई राष्ट्र निर्माताको रुपमा सम्झने गरिन्छ । राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटालीका जुसेप गरिबाल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपालमा पृथ्वीनारायण शाह रहेका छन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस