धनगढीः लाइन्स क्लब अफ धनगढी टाउनले सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर विभिन्न रोगको पहिचान गर्न सकिने मेसिन प्रदान गरिएको छ। सेती प्रादेशिक अस्पताललाई ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको लाइन्स क्लब अफ धनगढीका अध्यक्ष प्रकाश जोशीले बताएका छन ।
लायन्स इन्टर नेशनल डिष्ट्रिक ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डाक्टर शेरबहादुर कमरलाई मेसिन हस्तान्तर गरेकाे हो ।
डाक्टर कमरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने छ। उनका अनुसार मेसिनबाट सय वटा जति हार्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ। यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनले बताए ।
सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको क्लबका अध्यक्ष जोशीले बताए।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस