काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ । उच्च अदालत पाटनले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएको हो ।
न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले हिजो पुनलाई कार्यकारी निर्देशक बनाउने कोषको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । पुनको नियुक्ति मापदण्ड विपरीत रहेको उल्लेख गर्दै कोषकै भरत मरासिनीले २९ पुसमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो ।
पुन पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । पुनको नियुक्तिको विषयमा संसदीय समितिले पनि प्रश्न उठाएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पुनको नियुक्तिको कागजात मागेको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस