विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसम्मत रुपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्नु प्रमुख उपलब्धि रहेको बताएका छन् ।
निर्वाचित भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सोमबार कार्कीले यस्तो बताएका हुन् ।
‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदेश सांसद अम्बर बहादुर विष्टलाई सर्वसम्मत रूपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व प्रदान गरेको’ मुख्यमन्त्रीले सार्वजनिक गरेको एक सय दिने उपलब्धिको एउटा बुँदामा यस्तो उल्लेख गरिएको छ ।
मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको उपलब्धिमा शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्रको सञ्चालन, १० वर्षमुनीका बालबालिकाका निःशुलक उपचार सुरु, जलन अस्पताल निर्माणको सम्झौता लगायतका विषय समेटिएका छन् । ह्रदयरोग केन्द्रको सोमबार नै उद्घाटन गरिएको छ भने बालबाबलिकाको उपचारको लागि आइतबार सम्झौता भएको थियो । उपचार भने माघ १५ गतेदेखि सुरु हुने बताइएको छ ।
सुनसरीको इटहरी ११ पकलीमा जलन अस्पताल निर्माण गर्ने सम्झौता जनस्वास्थ्य सरोकार ट्रष्टसँग सरकारले गरेको छ । सो स्थानमा यसअघि दुई पटक विभिन्न नामका अस्पताल निर्माण गर्ने भन्दै शिलान्यास भएको भएपनि काम सुरु नै भएको छैन ।यसलाई मुख्यमन्त्रीले आफ्नो प्रमुख उपलब्धिको रुपमा राखेका छन् ।
मुख्यमन्त्रीले सय दिने उपलब्धिमा पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीनवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरेको, रोजगार प्रवर्द्धनका लागि वेबसाइट सञ्चालन गरेको लगायतका विषय समेटेका छन् ।
यस्तै मोरङको लेटाङ–बुधबारे सडक शिलान्यास, सवारी चालकको मापसे र लापसे परीक्षणको सुरुवात, विभिन्न जिल्लामा कम्बल वितरण लगायतका विषयलाई समावेश गरेका छन् ।
यस अवधिमा कुल बजेट ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये ७ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्रीले जनाएका छन् । आफूले सरकारको नेतृत्व गर्दा बजेट खर्च ४ प्रतिशत रहेकोमा अहिले २१ प्रतिशत पुगेको मुख्यमन्त्री कार्कीले बताए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस