काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धरान–चतरा सडकअन्तर्गत हेटौडा उपमहानगरपालिका–६ स्थित पुतली बजारमा आज बिहान बस दुर्घटनामा परेको हो ।
फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टिँदा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूमा हेटौँडा–१७ हटियाका वर्ष २५ की पुष्पा डंगोल, वर्ष २१ की रुपा डंगोल, हेटौँडा–१७ का वर्ष ५१ का शंकर राई र वर्ष ५५ की आशा, वीरगन्ज महानगरपालिका घर भएका वर्ष २२ की सीमा साह, हेटौँडा–१८ बस्ने बोल्न नसक्ने वर्ष ४५ की महिला र वर्ष ७० का एक पुरुष हेटौँडा अस्पतालमा उपचाररत छन् ।
यस्तै मकवानपुरगढी गाउँपालिका–७ की वर्ष ५६ की माहिली माया थिङ, मकवानपुरगढी–१ धापका वर्ष ४६ का कुमार सिंह गोले र हेटौँडा–१८ हर्नामाडीका ३६ वर्षीय सोम लाल थिङ सञ्चो हस्पिटलमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस