बाजुरा– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । जिल्लाको ९ वटा स्थानिय तहमध्ये लिजामा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ ।
स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हो ।
बाजुरा जिल्लास्थित सबै स्थानीय तहहरुकाे आर्थिक बर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्याङ्कन लिजाको नतिजा सार्वजनिक गरिएको ।
जसमा बाजुराको जगन्नाथ गाउँपालिका ८९ दशमलव ७५ अंक सहित प्रथम र बुढीगंगा नगरपालिका ८९ अंकका साथ द्वितीय भएका छन् । त्यसै गरि स्वामीकार्तिक खापर गाउँपालिकाले ७९ दशमलव ५, खप्तड छेडेदह गाउँपालिकाले ७८ दशमलव ७५, गौमूल गाउँपालिकाले ७३दशमलव ५, त्रिवेणी नगरपालिकाले ७०दशमलव ७५, बडीमालिका नगरपालिकाले ६८ बुढीनन्दा नगरपालिकाले ५२दशमलव ७५ र हिमाली गाउँपालिकाले ५२दशमलव ५ अंक प्राप्त गरेका छन् ।
यो नतिजामा बुढीनन्दा र हिमाली गाउँपालिका कमजोर देखिएका छन् भने याे नतिजाकाे गुणस्तर परीक्षण हुन बाँकी रहेकाे जनाएकाे छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस