कञ्चनपुर माघ ,१३ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट रहेको क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै प्रवेशद्वारमा कालो ब्यानर लगाएर बिरोध जनाएको छ ।
ती दुबै संगठनले शुक्रबार विद्यार्थी र सर्वसाधारणका लागि तोकिएको प्रवेश शुल्क खारेजीका लागि मागपत्र बुझाएको थियो । शनिबार विहान ११ बजे भलिबल खेलको सचिवालयले संयुक्त रुपमा विद्यार्थी संगठनसित छलफल गरेका थिए । बैठकमा सहमति नभएपछि क्रान्तिकारीका अध्यक्ष विरेन्द्र नाथ बाहिरिएका थिए । त्यसपछि केही समय अघि साँझ खुला मञ्चको गेटमा कालो ब्यानर लगाएका छन ।
‘सरकारबाट तेस्रो मुख्यमन्त्री पुरुष (भलिवल)प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारबाट रु (८०,०००००) अस्सी लाख विनियोजन गर्दागर्दै पनि दर्शकहरुलाई लगाईएको शुल्क निकै खेदजनक छ । तसर्थ उक्त शुल्क विधार्थिलाई रु २० र सर्वसधारणलाई रु ५० का दरले लगाएको प्रवेश शुल्क नतिर्न हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) सबै कञ्चनपुर वासिहरुमा हार्दिक अनुरोध गर्दछ’ ब्यानरमा लेखिएको छ ।
खुला मञ्चको गेटमा कालो ब्यानर लगाउदै गरेको वीडियो :
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस