“नागरिकका हक हितमा काम नगरी पाँच बर्ष कटायो तलब भत्ता पड्कायो काम शून्य भन्दै स्वतन्त्र लेखक युवा गोकर्ण नाथ ले बर्दिया बाँसगढीका पुर्व मेयर शालिकराम लाई अङ्कित गर्दै कटाक्ष गरेका छन” हालै गोकर्ण नाथ ले माननीय सन्जय गौतम लगायत नेपालगन्ज सडक डिभिजन का प्रमुख निरज शाख्य अनि केन्द्रिय सडक डिभिजन को टिम संग सहकार्य गरेर अबैध संरचनाहरु भत्काउनु पर्ने मा जोड दिएका छन ।
सार्वजनिक सडक ऐन २०३१ बमोजिम महेन्द्र राजमार्गको मानखोला-भुरीगाउँ सडकखण्डमा पर्ने बाँसगढी बजार क्षेत्रमा सडकको केन्द्र रेखाबाट ३१ मिटर दायाँ-बायाँ सडक सिमा रहेको त्यस मध्ये सडकको केन्द्र रेखाबाट २५ मिटर दायाँ-बायाँ सडक क्षेत्र (Right of Way) रहेको ३१ मिटर मध्य बाँकी ६ मिटरको क्षेत्रमा स्थाई संरचना वा भवन बनाउन नपाउने नियम छ । तर निलम श्रीवास्तवले नियमको पालना नै नगरी शक्ति र सत्ताको आडमा घर निर्माण भएको पाइएको छ ।
बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं ५ बस्ने बसुन्धरी ढकालको नाउँमा दर्ता भएको जमिन अगाडी श्रीवास्तवले घर निर्माण गरेको छ । राजमार्गमा ३१ मिटर भित्र घर निर्माण गर्न नपाउने नियम भएपनी पिडित बसुन्धरी ढकालको नाउमा दर्ता भएको जमिनमा निलम श्रीवास्तवले घर बनाएको पाईएको छ। त्यतिबेलाको समयमा त्यस क्षेत्रमा कार्यरत प्रहरीले पनि घर निर्माण गर्नेलाई सहयोग गरेको दाबी पिडित ढाकाल परिवारले गरेको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस