काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मागलाई नजरअन्दाज गरे विद्रोहमा जाने चतावनी दिएका छन् । बुधवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापन पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् ।
उनले औपचारिक रूपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताए । उनले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताउनु भयो । देश धेरै नै बिग्रिसकेको बताउँदै लिङ्देनले अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर समेत गरे ।
सरकारले राप्रपाको ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने ब्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जानकारी गराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४० मागहरु यसप्रकार रहेका छन :
१. अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था ।
२. सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दू अधिराज्य । प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक।
३. प्रदेश संरचनाको खारेजी र दुइतहको सरकार – केन्द्र र अधिकारप्राप्त स्थानीय तह।
४. जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री।
५. कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढि बस्न नपाउने संवैधानिक कानूनी व्यवस्था।
६. जनप्रतिनिधिहरूको संख्या तथा आवश्यकताभन्दा बढी सरकारी वेतनधारीको संख्यामा कटौति ।
७. संवैधानिक निकायहरूको नियुक्तिमा राजनीतिक भागबण्डा हावी नहुने संवैधानिक सुनिश्चितता। ८
८ . सरकारी वेतनधारी तथा पेशागत दलीय भातृ संगठनहरूको खारेजी।
९. कर्मचारी तथा कामदारहरूले सम्झौता वा प्रचलित ऐन कानुन बमोजिम सेवा-सुविधा पाए नपाएको अनुगमन तथा कार्यान्वयनका लागि विशेष सरकारी निकायको स्थापना।
१०. सम्पूर्ण राष्ट्रसेवक (वेतनधारी) हरूको सरसुविधामा बृद्धि तर भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति।
११. देशभरी निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चिताका लागि आवश्यक उपायहरूको अवलम्वन ।
१२. सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि विज्ञहरू सम्मिलित उच्च स्तरीय शिक्षा/स्वास्थ्य सुधार आयोग गठन।
१३. तत्काल, सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमाको पहुँच पुर्याउँदै बिमितलाई इच्छाएको अस्पतालमा उपचार गर्न पाउने सुनिश्चितता।
१४. भ्रष्टाचार न्यूनिकरण, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्य सम्पादनका लागि राज्यका सम्पूर्ण संयन्त्रको अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटलाईजेशन’ ।
१५. २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारी र तिनका परिवारको सम्पत्ति छानवीन गर्दै अवैध सम्पत्ति जफत गरी दोषीलाई कडाभन्दा कडा कारवाही।
१६. नीतिगत निर्णयका नाममा मन्त्रीपरिषदबाट हुने निर्णयको छानवीन र कारवाहीको व्यवस्था।
१७. एनसेल, ललिता निवास, वाइडबडी, सुन, नक्कली भुटानी शरणार्थी, गोकर्ण रिसोर्ट काण्ड लगायत सबै ठूला भ्रष्टाचारहरूको पुनः र पूर्ण छानवीन ।
१८. सहकारी र लघुवित्तको प्रभावकारी नियमन गर्दै बचतकर्ताको बचत सुरक्षाको ग्यारेन्टी । जनताको बचत हिनामिना गर्नेलाई कडा दण्ड सजाय तथा राज्यबाट निक्षेपकर्ताको दायित्व वहन।
१९. जोखिममा रहेका व्यवसायी तथा लघुवित्त र सहकारीका साना ऋणीहरूलाई राहत प्याकेजको घोषणा।
२०. न्यूनतम् एक वर्ष सबै बैंक तथा वित्तीय संस्थाहरुबाट लिलाम प्रक्रिया रोक्का गरी पुनः कर्जा लगायतको व्यवस्था।
२१. कतिपय बैकहरूबाट खराब मनसाय राखेर योजनाबद्ध ढंगबाट विगतमा गरिएका लिलामी तथा
संविधान र कानूनसँग बाझिने गरी बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूबाट असुलेको व्याज
सम्बन्धमा छानवीन ।
२२. बैंक तथा वित्तीय संस्थाहरूको व्याजदर एकल अंकमा कायम गरी सेवा शुल्क खारेजी।
२३. सहकारी, लघुवित्त तथा बैंक लगायतका समस्या समाधान गर्न अधिकार सम्पन्न वित्तीय समस्या समाधान आयोग गठन।
२४. निर्माण व्यावसायीहरूको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानीको व्यवस्था।
२५. द्वन्द्व पिडितलाई न्याय, क्षतिपूर्ति र जफत गरिएका सम्पत्ति फिर्ता तथा मिटर व्याज पीडितको समस्या समाधानका लागि ठोस पहल ।
२६. सुकुम्बासी समस्या सदाका लागि समाधान गर्न निश्चित अवधि तोकी घरदैलोमै गएर नाप नक्सा
गरि वास्तविक सुकुम्बासीलाई उपयुक्त स्थानमा जग्गा धनिपूर्जा दिने व्यवस्था । हाल सुकुम्बासीहरुलाई जग्गा धनिपूर्जा दिंदा लाग्दै आएको महंगो राजश्व खारेजी।
२७. साना/ठूला उद्योगधन्दाको व्यापक विकास तथा रोजगारी सृजनाका लागि उद्यमी, व्यावसायीहरूले भोग्नु पर्ने झन्झटिलो सरकारी प्रणालीमा सुधार तथा लगानीमैत्री वातावरणको निर्माण।
२८. विकास अवरोधी देखिएको सार्वजनिक खरीद तथा वन ऐनमा संशोधन।
२९. अधूरा तथा चालू योजनाहरूमा आवश्यक रकम निकास नगरी नयाँ योजना प्रारम्भ गर्ने र त्यसलाई पनि पछि अलपत्र पर्ने गरी आवश्यक रकम निकास नगर्ने प्रचलनको अन्त्य ।
३०. रोजगार, उत्पादन तथा निर्यातमुलक उधोगहरूलाई विधुत तथा करमा विशेष सहुलियतको व्यवस्था। ४०-५० हजार तलबका लागि युवाले विदेश जान नपर्ने वातावरणको निर्माण।
३१. कृषि कल्याण कोषको निर्माण, साना किसानका लागि सहज र सहुलियत दरमा कृषि कर्जाको प्रवाह
तथा कृषि मल कारखानाको स्थापना। गत ५ वर्षमा कृषि अनुदान कति र कसकसलाई दिइयो
भन्नेबारे स्वेतपत्र प्रकाशन र छानवीन ।
३२. पर्यटन प्रवर्धनका लागि पर्यटकीय क्षेत्रहरूको सरसफाइ, सुधार, व्यवस्थापन, अनर्राष्ट्रिय वजारीकरण तथा घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’मा व्यापक सुधार।
३३. नेपालको उर्जा खपत, सिचाइको आवश्यकता, बाढी नियन्त्रणलाई मध्य नजर गर्दै र नेपालको आर्थिक विकास र दिर्घकालीन हितलाई सुनिश्चित गरी उर्जा निर्यात नीतिको निर्माण।
३४. उर्जा तथा अन्य क्षेत्रमा स्वदेशी, गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी तथा सीपलाई प्रोत्साहन ।
३५. कमसेकम १०० वर्षपछिको नेपाललाई मध्य नजर गर्दै देशभरी पूर्वाधार, शहरी विकास र भूउपयोग नीतिको निर्माण र कार्यान्वयन।
३६. देशभरी अतिक्रमित सार्वजनिक जग्गाको खोजी र फिर्ती तथा धार्मिक, साँस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको अतिक्रमण अन्त्य गर्दै तिनको संरक्षण र प्रवर्धन।
३७. परराष्ट्र मामिलामा कूटनीतिक निर्देशिकाको पूर्ण पालना तथा राजदूतहरूको नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै दक्षता र उत्कृष्टताको कदर।
३८. छिमेकी राष्ट्रहरूको संवेदनशीलताको कदर तथा असंलग्न परराष्ट्र नीतिको पालना। नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न पुनः पहल।
३९. सिद्धान्तमा मात्र नभइ व्यावहारमैं सबै पिछडिएका र पछि पारिएका वर्ग, जाती, लिङ्ग, समुदायको समान अधिकारको सुनिश्चितता ।
४०. विदेशमा रहेका नेपाली नागरिकहरूका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम आगामी निर्वाचनमा मतदान अधिकारको ग्यारेन्टी।
उनले देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेकोमा जोडड दिनु भयो । उनले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए । उनले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने आफूहरूको माग रहेको बताए । लिङ्देनले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताए । उनले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव पनि दिएको बताउनु भयो ।
यसै का साथ कंचनपुर जिल्ला कार्य समितिका अध्यक्ष गजेंद्र बहादुर चन्द तथा प्रदेश अध्यक्ष धर्मराज जोशी र केंद्रीय सह प्रबक्ता पूर्ण बहादुर चन्द समेतको उपस्थितिमा महेन्द्रनगर स्थित जिल्ला प्रशासन कार्यालय मार्फ़त सम्माननीय प्रधानमन्त्रीज्यू लाइ पार्टीका ४० मागहरू बुझाएका छन l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस