बारा । बाराको निजगढ ४ स्थित कछडिया सामुदायिक वनमा एक वयस्क पोथी बाघ मृत भेटिएको हो। तीन साताअघि रतनपुरी जंगलमा स्थानीयहरूको बाख्रा खाएको बाघको विषाक्त मासु सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएकोले स्थानीयहरूले मासुमा विष हालेर छाडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ । एक साताअघि नै मृत्यु भइसकेको बाघलाई घाँस दाउरा गर्न जानेहरू स्थानीयहरूले देखेर सामुदायिक वनका अध्यक्षलाई खबर गरेका थिए ।
कछडिया सामुदायिक वनका अध्यक्ष वीरेन्द्र ठाकुरले बाघ कहिले मरेको यकिन हुन नसकेको र जंगलमा घाँस दाउरा गर्न आउनेहरूले खबर गरेपछि आफूले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई जानकारी गराएको बताउनु भयो ।
‘करिब एक महिनाअघि रतनपुरीमा बाख्रा खाने बाघ यही हो । बाघ अत्यन्तै जवान÷वयस्क थियो । बाख्रा खाएको रिसमा स्थानीयहरूले बाघले मारेर राखेको मासुमा विष हाले भन्ने हाम्रो आशङ्का छ,’ अध्यक्ष ठाकुरले भन्नु भयो ।
मृत बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीको रोहवरमा बुधबार डिभिजन वन कार्यालय बारा परिसरमा गाडिएको छ । वन कार्यालयका अधिकृत वीरेन्द्रप्रसाद यादवले डिभिजन वन कार्यालयको चिठ्ठीसँगै मृत बाघको आवश्यक नमुनाहरू परीक्षणका लागि वन विभागमा पठाउने र विभागले सम्बन्धित ल्याबमा पठाएर परीक्षण पश्चात् आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने बताएका छन ।
‘कसरी मर्यो भन्ने पोस्टमार्टम रिपोर्टपछि थाहा होला तर हाम्रो प्रारम्भिक अनुसन्धानले खानेकुरामा विष हालेर मारेको हुनसक्ने सम्भावना प्रबल छ’ वन कार्यालयका अधिकृत यादवले पनि सोही आशङ्का व्यक्त गर्दै भने ‘यदि विष हालेर बाघ मारेको हो भने यो डरलाग्दो घटना हो’।
पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन क्षेत्र र आसपासका साझेदारी तथा सामुदायिक वनहरूमा मानवीय गतिविधि बढ्दै जानु, पिउने पानीको अभाव र भएको वन क्षेत्र अतिक्रमण भएर बस्तीमा परिणत हुँदा पछिल्लो समय जंगल आसपासको बस्तीमा बाघ छिर्ने गरेका छन् ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका वन्यजन्तु प्राविधिक तीर्थ लामाले बाघ एकसाता अघि नै मरेको हुनुपर्ने अनुमान गरेका छन् । ‘मृत बाघको शरीरमा कुनै घाउचोट छैन, अरू बाघसँग जुधेको पनि देखिँदैन । एक्कासि मरेको अवस्थामा हामीले फेला पर्यौँ,’ लामाले भने ‘मृत बाघको कलेजो, मासु र अन्य स्याम्पलहरू परीक्षणको लागि हामीले लिएका छौँ, यसको परीक्षण गर्छौँ, रिपोर्ट आएपछि मात्रै मृत्युको कारण थाहा हुन्छ ।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस