काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका छन । कांग्रेससँगको गठबन्धन भत्काए पछि एमाले सहितको गठबन्धन बनाएका प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसले समर्थन गरिरहेको छ ।
हाल २७४ सदस्यीय प्रतिनिधिसभामा बहुमत पग्न १३८ सदस्य आवश्यक पर्छ । अहिले सत्ताा गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । जस मध्ये एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सदस्य छन् ।
यसमध्ये एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेकाले मत हाल्न पाउँदैनन् भने सभामुख देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन पाउने छैनन ।
सत्तारुढदलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विनै जारी गरेका छन् । एमालेको संसदीय दलको मंगलबार बसेको बैठकले विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस