काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सांसद डा.स्वर्णिम वाग्लेले रास्वापाले जोखिम मोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको बताएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभामा प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिनुभन्दा अघि गरेको सम्बोधनमा स्वर्णिमले यस्तो भनेका छन् l प्रचण्डले केहीदिनअघि काँग्रेससँगको गठबन्धन तोडेर एमाले रास्वपासहितका दलहरुसँग मिलेर सत्ता समीकरण बनाएका छन्। यो गठबन्धनमा रास्वपा पनि सहभागी भएको छ ।
वाग्ले ले भने, ‘हामी सरकारमा काम गर्न र देखाउन आएका हौँ, प्रतिपक्षमा हुँदा प्रश्न गर्थ्यौँ, आज काम गरेर देखाउन आएका छौं , काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिर गएर प्रधानमन्त्रीलाई सजिलो बनाइदिन्छौँ प्रधानमन्त्रीले गलहत्याउन पर्ने आवश्यकता नै पर्दैन। काम गर्न सक्ने र मिल्ने मन्त्रालय लिएका छौँ।’ काँग्रेसले गृहमन्त्रीमाथि उठाएको प्रश्नको जवाफमा स्वर्णिमले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री बन्दा पनि खोजिन पनि पर्ने हो नि?’ स्वर्णिम वाग्ले ले व्यंग्यात्मक शैलीमा भनेका छन l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस