बाजुरा — बाजुराकाे जगन्नाथ गाउँपालिका ६ पाल्त्याडीका पहिराे जाेखिम बस्ती स्थानान्तरण गरिएकाे छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल बर्षाका कारण पहिराे गएर जाेखिममा रहेकाे बस्तीलाई स्थानान्तरण गरिएकाे हाे ।
पहिराेका कारण विस्थापित भएका ४६ घरपरिवारलाई स्थानान्तरण गरिएकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताउनु भयो । पहिले देखि बस्दै आएकाे पाल्त्याडी भन्ने ठाउँ जाेखिम भएकाेले बस्ती सुरक्षित ठाउँमा सारिएकाे अध्यक्ष शाहीले बताए ।
गाउँपालिकाले बाढी पहिराेले पुर्ण रूपमा क्षेती भएका १ सय १० घर पुनःनिर्माणकाे काम सुरू भएकाे जगन्नाथ गाउँपालिकाका प्रवक्ता गणेशराज गिरीले बताए । पालिकाभित्र जाेखिममा रहेका घर परिवारहरूकाे पहिचान गरि पुनःनिर्माणकाे कार्य थालनी गरिएकाे प्रवक्ता गिरीले बताए । पुनःनिर्माण प्राधिकरण र गाउँपालिकाको सहयोगमा पालिका भरिका १ सय १० वटा घर निर्माण कार्य भैरहेको प्रवक्ता गिरीले बताएका छन् । जसमध्ये गाउँपालिकाकाे वडा नः ६ पाल्त्याबाडीका जोखिमपुर्ण बस्तीका ४६ वटा घरहरु ओसतोली भन्ने ठाउँमा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएकाे छ ।
निर्माणाधिन घरहरुको पहिलो किस्ता रकम भुक्तानी भैसकेको र दोस्रो किस्ता भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेकाे गिरीले बताउनु भयो । भुकम्पबाट क्षेती भएका घरहरूकाे लागत संकलन गरि पठाएकाे र निर्माणका लागि पहल भईरहेकाे गाउँपालिकाले जनाएकाे छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस