कंचनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी कंचनपुरले राजसंस्था पुनर्स्थापना, संघियता खारेजी का साथै शुसा्सन कायम गर भन्ने नारा सहित कार्यबाहक अध्यक्ष बिरेन्द्र चन्दको संयोजकत्वमा राके जुलुस निकालेको छ l
२०८० चैत्र २७ गते राप्रपाको बृहत जनआन्दोलनमा गृहमन्त्रीको आदेसमा प्रहरीको बर्बरता बाट दिबङ्गत ठाकुर प्रशाद डाङ्गिको १३ पुर्ण्यतिथिको पुर्व संध्यामा राप्रपाले ठाकुर प्रशाद डांगीलाइ सहिद घोषणा गर्नु पर्ने माग राख्दै राके जुलुस निकालेको हो l
पार्टी केन्द्रियकार्यालय को निर्देशन अनुसार देशका ७७ वटै जिल्लामा राके जुलुस निकालिएको र् सोहि अनुसार आफुहरुले पनि राके जुलुस निकालेको राप्रपा जिल्ला सचिव शिशिर थापाले बताउनु भयो l
पार्टी कार्यालयबाट सुरु गरिएको जुलुस नगर परिक्रमा गर्दै मदनचोकमा गएर समापन भएको थियो l समपानमा बोल्दै विधार्थी नेता प्रेम रावलले आफुहरु अझ ससक्त ढंगले अगाडी बढ्ने र् राज्य दमनबिरुद्ध नझुक्ने उदघोस गर्नु भयो l यसै गरि जिल्ला सचिव थापाले यो देश प्रचण्ड, देउवा, ओली र् लामिछानेको मात्रै नभई यो देश हामि सबै नेपालीको साझा घर हो l जति अधिकार तिनीहरुलाई छ त्यति अधिकार यो देशका सबै नागरिकलाइ छ उहाले भन्नु भयो l प्रदर्शनका क्रममा समान्य झडप समेत भएको थियो l
आन्दोलनको नेतृत्व जिल्ला कार्यबाहक अध्यक्ष बिरेन्द्र चन्दले गर्नु भएको थियो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस