कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०९ सुन्दरपुर स्थित बैजनाथ मन्दिरमा ५१ केजीको घण्टी चढाइएको छ। सामाजिक अगुवा होली कमिटी २०८० ले होली खेलेर होलिबाट सङ्कलित रकमबाट मन्दिरमा घण्टी चढाएको हो ।
बैजनाथ सुडा खानेपानी तथा सरासफाई उपभोक्ता समितिका अध्यक्ष पदम कुँवरको बिशेष पहलमा आज शुक्रबार कमिटीले मन्दिरमा बाजागाजा सहित घण्ट चढाइएको होली कमिटीका संयोजक कर्ण सिह बिष्टले बताएका छन्। धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि होली खेलेर सङ्कलित रकमबाट कमिटीले रू ५१ हजार रकम बराबरको ५१ केजीको घण्ट मन्दिरमा चढाएको उनको भनाई छ ।
त्यसैगरी बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पदम बहादुर कुँवरले धर्म र संस्कृतिको जगेर्ना, सम्बर्दन,प्रवर्द्धन गर्न मन्दिरमा घण्ट चढाइएको बताउनु भएको छ । साथै होली खेलकै रकमबाट वेदकोट -०९ कै बुडा बैजनाथ मन्दिर र सिद्द बैजनाथ मन्दिरमा समेत रू ११-११ हजार रकम बराबरको आवश्यक सामाग्री प्रदान गरिने समेत उनले बताउनु भएको छ ल् जनताको पैसा सामाजिक कार्यमा लगाउने उद्देश्यले मन्दिरमा घण्ट चढाइएको उहाले बताउनु भयो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस