बाजुरा —बाजुराको बुढिगंगा नगरपालिका वडा नंः ३ ताप्रामा ७ दिने लेडिज फेन्सी जुति तथा चप्पल बनाउने तालिम सम्पन्न भएको छ । बुढिगंगा नगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) आयोजनाद्धारा तालिमको आयोजना गरिएको हो ।
तालिममा वडा नंः ३ का १४ जनालाई ७ दिने तालिम दिइएको नगरपालिकाले जानकारी दिएको छ । हरेक व्यक्ति आफैं आत्मनिर्भर भएर जीविकोपार्जन गर्न सकुन भन्ने उदेश्य बोकी पुराना उद्यमीहरुलाई स्तरोन्नती तालिम दिइएको नगरपालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता डम्बर थापाले बताउनु भएको हो ।
लेडिज फेन्सी जुति तथा चप्पल बनाउने तालिममा ७ दिनसम्म लगातार तालिम दिएर उनीहरुलाई सिलाईकटाई मेसिन, ग्रेन्डिङ मेसिन, चप्पल मेसिन, फेन्सी जुतिका डाई, चप्पल सिट लगायतका सामग्री दिइएको जानकारी दिएका छन ।
उक्त तालिमको प्रशिक्षक अनिता श्रेष्ठले गरेकी थिइन् । धनलक्ष्मी लघु उद्यमी समूहका अध्यक्ष डिल्ली दमाईको अध्यक्षतामा सुरु भएको ७ दिने समापन कार्यक्रममा प्रमुख अथिति बुढिगंगा नगरपालिका उपप्रमुख माया कुवर रहेकी थिइन् । त्यस्तै अथितिमा बरिष्ठ उद्यम विकास सहजकर्ता डम्बर थापा, वडा सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस