काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारी बनिसक्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् ।
प्रधानमन्त्री दाहाल भन्छन् : बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमति बन्छ उनले आफूले संसद्मा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन ।
उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताएका छन ।
‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल आयोजना गरिराखेको र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको बताएका छन । हामी सहमति र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महसुस गरेका छौँ ।
आज बिहान मात्रै पनि मैले नेपाली कांग्रेसका सभापतिलगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतिको निम्ति प्रयास गरेको छु ।
मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस