कंचनपुर : भिमदत्त नगर पलिकाको नगरबिकास समितिको जमिनमा बनेका अबैध संरचना हटाउन राजनीतिक दलमा आबद्द युबाहरुले सयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन l
नगरबिकास समितिको जमिनमा गैरकानुनि रुपमा अपचलन गरि भुमाफिया र भ्रस्ट कर्मचारीहरुले कौडीको भाउमा नियम बिपरित लिज तथा अतिक्रमण गरेको र् यस बिषयमा आफुहरुले पटक पटक आन्दोलन गर्दा समेत कुनै ठोस पहल नभएको भन्दै आज बिभिन्न दलमा आबद्द युबाहरुले संयुक्तरुपमै जिल्ला प्रमुख अधिकारिलाई ध्याकर्षण पत्र बुझाएका छन l
पटक पटक ध्यानाकर्षण गराउदा पनि सानालाइ ऐन र् ठुलालाइ चैन हुने गरि सरकार तथा नगरबिकास समितिले गरिब पहुच नभएकाहरुको बस्तिमा मात्रै डोजर चलाएको र पुजीपतिको घरमै गएर चाबी लिने गतिबिधि प्रति आफुहरुको गम्भीर ध्यानकर्षण भएको पत्रमा उल्लेख गरिएको छ l
अतिक्रमण गरिएको नगरबिकास समितिको जमिन भेदभावपूर्ण ढंगबाट यथासीघ्र रुपमा बाकि रहेका नियम बिपरित लिज तथा अतिक्रमण गरिएका नगरबिकास समितिको जमिन तथा सोमा बनेका अबैध संरचना समेत ३ दिन भित्र खालि गराउन माग गरिएको छ l पहुच भएकाहरुको संरचना जोगाउन केहि जन प्रतिनिधि स्वयम लागिपरेको आरोप समेत पत्रमा उल्लेख गरिएको छ l
र यस्ता कार्य तत्काल बन्द गर्न र् समयसिमा भित्र नियम सगत काम गर्न समेत माग गरिएको छ l नियम बिपरित प्रभावमा परेर काम गरिए आफुहरु चुप लगेर नबस्ने र् जनसहभागीता सहित शसक्त प्रतिकारमा उत्रिने र् यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयमले लिनुपर्ने चेतावनी समेत दीइएको छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस