काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउनु उचित नहुने बताएकी छन् । आइतबार पोखरा पुगेकी शिक्षामन्त्री भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
“शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, यो बेठीक हो । तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने अवस्था छ । लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सकिँदैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ,” उनले भनिन् ।
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ शिक्षकहरूको दलीय आबद्धताविरुद्ध निर्मम हुदै उभिएकी थिइन् । उनले दलीय आबद्धतामा रहेका शिक्षकहरूलाई शिक्षा र राजनीतिमध्ये एक रोज्न निर्देशन नै दिएकी थिइन् । यसपछि ८ सयभन्दा बढी शिक्षकहरूले आबद्धतासमेत त्यागेका थिए ।
श्रेष्ठको यो कदमप्रति लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो प्रतिक्रिया दिएकि हुन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस