काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल–चीन द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय–परीक्षण मित्रतालाई पुनः पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस