काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान भएको छ।
कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहानको स्थिति आएको हो।
उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।
उनी अध्यक्ष पदका दाबेदार छन्।
नेतृत्वका लागि उमेर हद २८, ३० वा ३२ कति राख्ने भन्नेमा विवाद भएको हो। यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले मतदानबाट उमेर हद टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो।
तर, बन्दसत्रमै विवाद बढेपछि अवस्था तनावग्रस्त छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस