सिलिगुडी —भारतीय प्राध्यापक तथा अर्थशास्त्री डा. महेन्द्र पी लामाले दार्जिलिङको चिया क्षेत्र छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलनको मुटु रहेको भन्दै बंगाल सरकारले मुटुमाथि नै आक्रमण गर्न सुरु भएको आरोप लगाउनु भएको छ ।
सन् १९५० को नेपाल–भारत मैत्री सन्धि पुनरावलोकनका लागि बनेको प्रबुद्ध समूहका सदस्य समेत रहेका लामाले दार्जिलिङको एक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा चिया श्रमिकहरूको २० प्रतिशत बोनस माग न्यायोचित रहेको बताएका छन् ।
‘मालिक पक्ष २० प्रतिशत दिन तयार छैन, सरकारले पनि श्रमिकको माग नकारेको अवस्था छ, ’ दार्जिलिङका रैथाने लामाले भने,‘ चिया श्रमिकले मागेको बोनसको समस्या मामुली हो । यस्तो मामुली माग पूरा गर्न न उद्योगीहरू तयार छन् न त बंगाल सरकार ।’ उनले दार्जिलिङको चिया मास्ने अभियानमा दार्जिलिङका अगुवाहरू नै लागेको आरोप समेत लगाएका छन् ।
‘बोनसको कुरा त मामुली हो । बेलैमा सचेत नभए एकदिन दार्जिलिङको चिया क्षेत्र नै स्वाहा हुनेवाला छ,’ लामाले थपे,‘जसले हाम्रो पहिचान नै नामेट हुन सक्छ ।’ उनका अनुसार चिया क्षेत्र अलग राज्य गोर्खाल्यान्डको मागसँग पनि निकट रहेको दाबी गर्दै चिया मासिनु भनेको हाम्रो अलग राज्यको माग पनि नामेट भएर जानु हो । ‘चिया हाम्रो संस्कृति हो । समाज हो । राजनीति हो । पर्यावरण हो । अनि भूगोल हो,’ लामाले सुनाए,‘यो सबै नामेल गर्न बंगाल सरकार अग्रसर देखिएको छ ।’
सन् १८४१ मा पहिलो पटक दार्जिलिङमा चिया रोपिएको थियो । ब्रिटिसहरूले बसाएको चिया खेतीको जग भारत स्वतन्त्रतापछि कम्पनीले चलाए । अहिले व्यापारीको हातमा छ । ‘व्यापारीले लुगा बेचे जसरी, छट–सिमेन्ट बेचेजसरी चिया बगान चलाउन खोजिरहेको छ,’ लामाले भने,‘यो पाराले चिया त खत्तम हुन्छ ।’
दार्जिलिङमा १ सय ६० वर्ष पुरानो चियाका बोट छन् । सरकारले पुराना बोट मासेर नयाँ बोट रोप्न निर्देशन गरे पनि व्यापारीहरूले त्यो काम गरेकै छैनन् । सयौँ वर्ष पुराना बोटबाट उत्पादन लिइरहेका छन् ।
सुवास घिसिङको शेषपछि बंगालले दार्जिलिङमा षडयन्त्र सुरु गरेको उनको दाबी छ । दार्जिलिङलाई बंगालदेखि टाढा राख्ने काममा घिसिङको ठूलो देन थियो,’ लामाले भने,‘तर घिसिङ पछि आउनेहरूले दार्जिलिङलाई बंगालसामु बुझाएको अवस्था छ ।’ चिया, शिक्षा क्षेत्रलगायत नामेट पार्ने षड्यन्त्रमा बंगाल लागेको र त्यो सफल पार्न नेपालीभाषीलाई नै प्रयोग गरिरहेको उनको दाबी छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस