काठमाण्डौ । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला कम्बोडियाबाट पक्राउ परेकी छन् । सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनि ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ ।
आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।
इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जना पक्राउ परेका थिए । साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।
बिनुलाई सम्बन्धित कसूरमा कानून बमोजिम कारबाही गराउने प्रयोजनार्थ प्रहरी वृत्त कालिमाटीमा बुझाइएको ब्यूरोले जनाएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस