रुपन्देही – बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी अनुसन्धानमा तानिएका रवि लामिछानेको रूपन्देहीमा बयान सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेसँग तीन दिन २३ घण्टामा ७४ प्रश्नमा सवाल जवाफ गरी बयान सकिएको हो।
गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई पोखराबाट मंगलबार भैरहवा ल्याइएपछि उनीसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि बिहीबारसम्म बयान लीइएको थियो।
तीन दिनमा ७४ लिखित प्रश्न सोधेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतले जानकारी दिए। शुक्रबार मात्रै रविलाई पोखरा पठाइने रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले जानकारी दिइन्।
मंगलबार दिउँसो विमानबाट पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो।
बयानमा सरकारी न्यायधिवक्ता प्रेमराज पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतलगायतको सहभागिता थियो। लिखित बयानका आधारमा पुरक प्रतिवेदन बनाउने तयारी छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस