
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ । रवि, छविसहित जीवीका साझेदार नेचर हब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने तयारि छ ।
कास्की प्रहरीले रास्वपा सभापती रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल राखिएको छ ।
सरकारी वकिल कार्यालयले यसअघि सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई माथि मुद्दा चलाएको थियो ।
यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध कार्यालयले मुद्दा दर्ता गराएको थियो ।
उनीहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार थप अभियोग पेस गर्ने तयारी सरकारी वकिलको छ। यसअघि उनीहरूविरूद्ध सहकारी ठगीको अभियोग मात्र लगाइएको थियो ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप लागेका रवि लामिछानेसहित ५ जना विरूद्धको पूरक अभियोग भने आइतबार मात्र जिल्ला अदालतमा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस