
दार्चुला, ७ पुष l नेपाल–भारत सीमा नदी महाकालीको नेपालतर्फको धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका– ५ स्थित वीरेन्द्र वन नजिक धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएको जनाइएको छ ।
आइतबार बिहान साढे ११ बजे अनुमतिविना भारतीय ठेकेदार कम्पनीको एस्क्याभेटर महाकाली नदी तरेर नेपालतर्फ आएको थियो । स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएपछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेर निरिक्षण गरेका छन ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले घटना सम्बन्धमा सोधपुछ भइरहेको जानकारी दिएको छ । महाकाली नगरपालिका दार्चुला मेयर नरसिंह चैसिरले भारतले महाकाली पारि तटबन्ध गरिरहेको हुँदा पानीको धार परिवर्तन गर्न नेपालतर्फ एस्क्याभेटर ल्याएको हुनसक्ने बताए । विनासमन्वय नेपालतर्फ भारतीय स्क्याभेटर ल्याउने कुरा गलत रहेको उनले बताए । यसअघिको छलफलमा दुई देशले एक–अर्कालाई असर नगर्ने गरी निर्माण गर्ने समझदारी भएको भन्दै उनले समझदारीविपरीत नेपालतर्फ एस्क्याभेटर ल्याएको बताए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस