
जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वानसमेत गरेका छन l
जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई अनुरोध गरे। नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस