
बाजुरा—बाजुरामा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका १० घर भई हाल वडा नम्बर ९ बस्ने अन्दाजी ६० बर्षकी रुपशिला धामी रहेकी छिन् ।
शुक्रवार दिउँसो बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा मार्तडीबाट कोल्टी जादैँ गरेको सु.प.प्र.०१–००१ च ४४३० नम्बरको जीपले ठक्कर दिँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
कैलालीको चुरे गाउँपालिका ६ का लोकेन्द्र साउदले चलाएको जीपले सोहि ठाउँको पसलमा सामान झार्ने क्रममा ब्याग गर्ने क्रममा धामी सडकमा हिडिरहेको अवस्थामा ठक्कर दिएर मृत्यु भएको जनाएको छ । मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि काेल्टी अस्पताल ल्याउने तयारी भइरहेकाे स्थानीयले बताए ।
जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस