
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारले जनअपेक्षा अनुसार काम नगरे आफ्नो पार्टीका ३२ जना सांसदले बानेश्वरमा आगो बाल्ने बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, “हाम्रा ३२ जनाले अब बानेश्वरमा आगो बाल्नेछन्, विपक्षीहरु एकजुट भएका छन् । सदन बोलाएन भने संविधानमा व्यवस्था छ, हामी विशेष अधिवेशन बोलाउने तयारी गरेका छौं । हामी सडकमा पनि हुनेछौं ।”
दुइ थिहाइको सरकार भएर पनि संसद् बोलाउन डराएको उल्लेख गर्दै सापकोटाले भने, “दुई तिहाइको सरकार छ । भिड उनीहरुकै छ । के नपुगेर संसद नबोलाएको ? हामी थोरै छौं, तर पनि सरकार संसद बोलाउन डराएको छ ।”
उनले सरकारले भ्रष्टाचार गर्नेहरुको संरक्षण गरेको आरोप लगाउँदै भने, “भ्रष्टाचारको प्रकरणमा सरकारबाट आफू निकटकालाई बचाएर विपक्षीलाई छानीछानी पक्राउ गर्ने काम भइरहेको छ ।”
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस