
विराटनगर —नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश संयन्त्रले नभइकन सरकारले चलाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको उहाले को आरोप लगाउनु भएको छ।
‘देश सरकारले चलाउने हो, संयन्त्रले हैन। तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले देश चलाउन खोजेजस्तो देखिन्छ,’ विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने। उनी भन्छन्, ‘‘डेमोक्रेटिक सिस्टम’मा संयन्त्रले देश चलाउने नभइ सरकारले चलाउने हो। संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री। यो गलत हो। बिलकुल गलत हो।’
नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन्। प्रदेश तहमा पनि संयन्त्र छन्। ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ। कोशीमा बनेको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो। तर, बजेट पुनरावलोकन नहुने भएको छ।
दुई दलले वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन्। डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको टिप्पणी गर्नुभयो l‘२०५१ सालमा एमालेको सरकार थियो। त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नु हुन्थ्यो। हामीजस्तो मान्छे जाँदाखेरी उहाँको के काम छ ? भन्दै सोध्नुहुन्थ्यो। फेरि संयन्त्रले त्यही गर्न खोजिरहेको छ,’ उनले भने। संयन्त्र कम्युनिस्ट मुलुकमा मात्रै हुने उनको भनाइ छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस