
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै नागरिकको घरमा खानेपानी जाने गरी बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ l
शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले यस्तो प्रतिबद्ध व्यक्त गर्नुभएको हो ।
उनले मन्त्रालयले मुलुकभरका आम नागरिकले पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्ने गरी बजेट व्यवस्थापन गरिने समेत बताए। उनले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खानेपानी नपुगेको उपभोक्तालाई समेत खानेपानी पुर्याउने गरी बजेट ल्याइने बताए।
उनले खानेपानीका लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पुर्याउन समस्या भएको समेत बताए। उनले वर्तमान सरकार अगामी बजेटमा हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताए। उनले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको उल्लेख गरे। उनले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्ने गरी बजेट बनाएर कार्यान्वयन गर्ने बताए। उनले कसैको प्रभावमा खानेपानी मन्त्रालय नपर्ने पनि बताए।
मन्त्री यादवले भने‚ ‘अबको बजेट बन्दा जुन उपभोक्तालाई खानेपानी पुगेको छैन। हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बन्छ। खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएका छौं अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्ने गरी बजेट बन्छ। कार्यान्वयन हुन्छ। इफ वा बट भन्ने कुरा छैन। कसैको प्रभावमा खानेपानी मन्त्रालय पर्दैन। १०० प्रतिशत नागरिकको घरमा पानी जाने गरी योजना बनाएका छौं। मेरो कार्यकालमा भ्रष्टाचार हुँदैन। त्यसको ग्यारेन्टी लिन्छु। उहाले भनाइ थियो l’
उनले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको दाबी गरे। उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने सरकारको योजना रहेको दाबी समेत गरे ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस