
दार्चुला — दार्चुलाबाट एक जना चालकको हवाई उद्धार गरिएको छ। जिल्लाको महकाली नगरपालिका–५ किम्तडी ठड्याभिरमा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काइभेटर अपरेटर रेशम बुढामगरलाई हेलिकोप्टरमार्फत उपचारका लागि धनगढी ल्याइएको हो।
महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्डमा विगत एक महिनादेखि सडक चौडा बनाउने काम भइरहेको छ। शुक्रवार बिहान सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका– ११ घर भएका बुढामगर गम्भीर घाइते भएका थिए।
घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी हेलिकोप्टरमार्फत निर्सग अस्पताल धनगढी ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेपछि सेनाको हेलिकोप्टरबाट बुढामगरको उद्धार गरिएको हो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस