
काठमाडौं— सत्तारुढ दलहरुले संसदका काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निस्केको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
उनले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारबाहीमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त ढंगबाट सरकारका सकारात्मक कार्यहरुप्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष भएको जनाए ।
त्यस्तै, अध्यादेशका विषयमा सोधिएको प्रश्नमा उनले विधेयक र अध्यादेश फरक भएको उल्लेख गर्दै संसदमा पेश गरिने र ठीक नलागेको अवस्थामा अध्यादेश फेल गर्ने अधिकार संसदमा विद्यमान नै रहेको उल्लेख गरे ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस