
बाजुरा —बाजुराका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा दुई जना क्रियासिल पत्रकारलाई सम्मान गरेको हो ।
मंगलबार प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लामा एक दशक बढी समयदेखि पत्रकारीता गरिरहेका क्रियासिल पत्रकार तथा जिल्ला स्थित बडीमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायलाई सम्मानित गरेको छ । त्यस्तै सोही अवसरमा लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियासिल रुपमा रेडियो बाजुरामा कार्यरत पत्रकार कमला चदारालाई पनि सम्मानित गरिएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा दुई जना पत्रकारहरुलाई सम्मानित गर्दै आएको छ ।
प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकले जिल्ला शाखाका संस्थापक स्व.विनोद कुमार वि.क को स्मृतिमा स्थापना गरिएको विनोद वि.क स्मृति पत्रकारीता पुरस्कार २०८१ बाट पत्रकार पाध्याय र चदारालाई सम्मानित गरिएको जनाएको छ । पत्रकार पाध्याय र चदारालाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको अध्यक्ष विकले बताउनु भयो ।
त्यस्तै प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो स्थापना दिवससँगै छैटौं जिल्ला अधिवेशनको भव्य उद्घाटन गरिएको जनाएको छ । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमकाविच नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले जिल्ला शाखाको छैटौं अधिवेशनको उद्घाटन गरेका हुन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस