
काठमाण्डौ, माघ २७ l प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकेका छन् ।
आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेर बैठक बोलाइएको हो । बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका जानकारी दिएका छन ।
कांग्रेस-एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।
सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै सदन) मा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो ।
तर, राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो ।
सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस