
नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने बताएको छ ।
पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद् अधिवेशनको संघारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन ।
समितिमा छलफल भइरहेको विधेयक समेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरू समेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताउनु भयो । ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
बैठकले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरिएको ज्वालाले जानकारी दिए ।
बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता र आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरिएको ज्वालाको भनाइ छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस