
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्तामा अहंकार जन्मिएकै कारण पछि परेको बताउनु भएको छ। शनिबार सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले ०६४ को चुनावमा माओवादीमय भएको मधेसमा अहिले कमजोर हुनुको कारणबारे यस्तो धारणा व्यक्त गरेका हुन l
‘०६४ को चुनावमा आइपुग्दा मधेश माओवादीमय भएको थियो। मधेश र तराईभरि पनि त्यस बेलाको अंकगणित हेर्नुभयो भने झापादेखि कञ्चनपुरसम्म अत्यधिक ठूलो संख्यामा माओवादीका उम्मेदवार विजयी भएका थिए,’ उनले भने, ‘त्यसपछि हामीमाथि ठूला षड्यन्त्र भए, एकातिर हामीले माओवादी आन्दोलनलाई एकताबद्ध राख्न सकेनौँ। हाम्रा पनि कमीहरू भए, हामीभित्र पनि अहंकार जन्मियो।’
देशभित्र र बाहिरका दलालले माओवादीमाथि ठूलो षडयन्त्र गरेको आरोप उनको छ।
उनले भने, ‘अर्कोतिर देशभित्र र बाहिरका दलालहरू षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा रौतहटमा भयानक हत्याकाण्ड भयो। २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरियो।’
माओवादीप्रति भ्रम सिर्जना गर्नको लागि मधेशमा दुष्प्रचारको अभियान चलाइएको पनि उनको आरोप छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस