
डडेल्धुरा – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही पनि हुन नसक्ने बताएका छन्।
डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्नुहुदै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका हुन् ।
जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनु भएको हो ।
‘देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो,’ उनको भनाई थियो ।
गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको बताए। ‘संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान छ,’ उनले भने। समाज र विज्ञान कहिल्यै पछाडि नफर्किने उनको भनाइ थियो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस