
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आइतबारको जनप्रदर्शनबाट नेपालमा राजतन्त्रको आवश्कयता र अपरिहार्यता प्रमाणित भैसकेको भन्दै नवीन समझदारी आउन दलहरूलाई आह्वान गरेको छ ।
सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक संवादको थालनी गर्नसमेत राप्रपाले राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।
यसैबीच पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायतका विविध विषयमा छलफल गर्न ३ चैतमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय पनि भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस