
फिलिपिन्स – फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन्।
७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका हुन्।
२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए। उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध सेवन कर्तार व्यापारीहरू मारिएका समेत थिए। यस बिषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो।
यसमा दोषी देखिएका सीमित व्यक्तिहरु प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए।
सन् २०२२ मा सत्ताबाट बाहिरिए पनि उनी फिलिपिन्समा एक प्रभावशाली राजनेताका रुपमा चिनिन्छन l
दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्यालीमा सहभागी हुन पुगेका थिए l त्यहाँबाट फर्केका उनलाई विमानस्थलबाट पक्राउ गरिएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएको छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस