
पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बिहीबार बरामद गरिएको अधिकारीहरूले जनाएका छन् ।
सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको दुई दिने उद्धार अभियानमा ३४० भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो ।
पृथकतावादी समूहले दक्षिणपश्चिमी बलुचिस्तानको पहाडी क्षेत्रमा दुर्गम रेलमार्गमा बम विस्फोट गरेर करिब चार सय ५० यात्रु बोकेको रेलमा आक्रमण गरेका थिए ।
अफगानिस्तान र इरानसँगको सीमा नजिकै बलुचिस्तानमा बाहिरी मानिसहरूले प्राकृतिक स्रोतहरू लुटेको आरोप लगाउने धेरै पृथकतावादी समूहमध्ये एक बलुच लिबरेसन आर्मी (बीएलए)ले उक्त आक्रमणको जिम्मा लिएको थियो ।
मृतकको संख्या फरक फरक आएको छ । सेनाले आधिकारिक बयानमा ‘२१ निर्दोष बन्धक’ विद्रोहीहरूद्वारा मारिएको र उद्धार अभियानमा चार सैनिक मारिएका बताएको थियो ।
बलुचिस्तानका एक रेलवे अधिकारीले बिहीबार बिहान २५ जनाको शव बन्धक स्थलबाट नजिकैको मच शहरमा रेलबाट लगिएको बताएका छन । अपरेसनको निरीक्षण गर्ने एक वरिष्ठ स्थानीय सैन्य अधिकारीले विवरणको पुष्टि गरे ।
एक सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा मृतक सैनिकको संख्या यसअघि बन्धक बनाइएका २७ जना ड्युटी बाहिर रहेकासहित २८ रहेको बताएका थिए ।
घेराबन्दीबाट भागेका यात्रुहरूले सुरक्षामा पुग्न दुर्गम पहाडहरू हुँदै घण्टौँ हिँडेपछि विद्रोहीहरूले मानिसहरूलाई गोली हानेर मारेको देखेको बताएका थिए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस