
नेपाल राष्ट्र बैंक नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ । हालका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिनै लाग्दा मन्त्रिपरिषद्ले नयाँ गभर्नर चयन गर्न तीनसदस्यीय सिफारिस समिति गठन गरिसकेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् । हालका गभर्नर अधिकारीको कार्यकाल २४ चैतमा सकिँदै छ ।
मन्त्रिपरिषद्ले गठन गरेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये डेपुटी गभर्नरमध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्नेछ । अरु दुई जना भने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्नेछ ।
समितिले सिफारिस गर्ने तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।
को–को छन् दाबेदार ?
सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसले केही संवैधानिक पदहरू भागवण्डा गरेका कारण गभर्नर कसको भागमा पर्ने भन्ने चासो पनि सतहमा आएको छ । स्रोतहरूका अनुसार एमाले र कांग्रेसबीच गभर्नर कांग्रेसको कोटामा पर्ने अनौपचारिक सहमति भएको छ । निर्वाचन आयोगको प्रमुख एमालेले लिने गरी गभर्नर कांग्रेसको भागमा राखिएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार बीमा प्राधिकरण र राष्ट्र बैंक कांग्रेसको भागमा तथा नेप्से र निर्वाचन आयोगका प्रमुख आयुक्त एमालेको भागमा पर्ने गरी अनौपचारिक सहमति भएको छ । यद्यपि, अर्थमन्त्रीसमेत एमालेको रहेको अवस्थामा गभर्नर एमालेबाटै हुनुपर्ने लबिङ पनि एमालेमा भइरहेको छ ।
एमाले स्रोतका अनुसार पछिल्ला दिनमा कांग्रेसले हरेक राजनीतिक नियुक्तिमा भाग खोज्न थालेका कारण समस्या देखिएको छ । प्रधानमन्त्री ओलीले पनि दिक्दारी मान्न थालेका छन् । कांग्रेसको भागमा परेको काठमाडौं विश्वविद्यालयको उपकुलपति पनि कांग्रेसकै कारण नियुक्ति प्रक्रियामा समस्या आएको प्रधानमन्त्री ओलीको दाबी छ । त्यसैले, ओली भरसक राष्ट्र बैंकको गभर्नर पनि आफ्नो भागमा पार्ने प्र0यासमा छन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस